हिमालयन बैंकको एफपीओ बाँडफाँट


काठमाडौं – हिमालयन बैंकको थप सार्वजनिक शेयर (एफपीओ) बाँडफाँट भएको छ । कमलादीस्थित बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । बैंकले गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन गरेकाे थियाे ।

एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । स्वीकृत आवेदन १७ लाख ४ हजार २७३ थियो ।

यीमध्ये ९ लाख २५ हजार ४६ जनाले शेयर पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये शेयर पाउनेको संख्या ५४.२७ प्रतिशत हो ।

अंकित मूल्य १ सयमा ५७ रुपैयाँ थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ खुलाइएको थियो । बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ खुलाएको थियो ।