काठमाडौं – साताको पहिलो कारोबारको दिन आज आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ४४ अंकले घटेर २९ सय ६४ दशमलव २० को विन्दुमा बन्द भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ।
आज ३२३ कम्पनीको ५ करोड ९६ लाख ५३ हजार ७६२ कित्ता शेयर किनबेच गर्दा २६ अर्ब ५७ करोड ७४ लाखभन्दा माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवम् सिमेन्ट कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कमाउनेमा समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १०/१० प्रतिशतको दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ३४ प्रतिशतका दरले गुमाएका हुन् ।
आइतबार ९ उपसूचक राताम्य भएको छन् भने ४ उपसूचकमा सुधार देखिएको छ। आज वाणिज्य बैंक समूहको ०.९१ प्रतिशत, फाइनान्स समूहको २.२२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९१ प्रतिशतले शेयर मूल्य घटेको छ ।






About Us
प्रतिक्रिया