शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासनका लागि गर्याे बुक क्लोजको मिति तय


काठमाडौं – शिव श्री हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले  कम्पनीको हाल कायम चुक्ता पुँजीको १०० रुपैयाँ अंकित दरले अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो । 

कम्पनीले आफ्ना लगानीकर्तालाई १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबर हकप्रद शेयर जारी गर्नेछ। उक्त हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले साउन १६ गते शेयर धनी दर्ता किताब बन्द (बुक क्लोज) को मिति तय गरेको छ। 

जसमा १५ गतेसम्म कायम शेयरधनीले यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।