काठमाडौं – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले यही साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँको ३९ लाख ५० हजार साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजनाबाट प्रभावित स्थानीयहरूलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता शेयर बाँडफाँड गरिसकेको छ। सर्वसाधारणका लागि निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्तामध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित राखिएको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणलाई बाँकीको १०० रुपैयाँको अंकित दरले २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। जसमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन साउन १९ गतेसम्म दिन सकिनेछ भने आवेदन नपरेमा म्याद साउन २९ गतेसम्म लम्बाइनेछ। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।






About Us
प्रतिक्रिया