काठमाडौं – शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ। पीडितहरूले टोल फ्री नम्बर १०० मा फोन गरेर उजुरी गरेपछि प्रहरीले उनलाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको हो। अग्रवालले विभिन्न सामाजिक सञ्जालहरूका माध्यमबाट सर्वसाधारणहरूलाई विभिन्न कम्पनीको शेयर खरिदका लागि उक्साउने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जनाएका छन्।
उनीविरुद्ध ठगी अपराध तथा विश्वास मुद्दा दर्ता गरिने प्रवक्ता बोहरा बताउँछन् । उनका अनुसार अग्रवालले सर्वसाधारणको ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेका छन् । यस घटना सम्बन्धी थप अनुसन्धान भइरहेको बोहराले जनाएका छन् । उनी विरुद्ध धितोपत्र बोर्डले समेत अग्रवालको गतिविधि अनियमितलाई ध्यानमा राख्दै प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको थियो । तर, अग्रवाललाई धितोपत्र बोर्डले भने कुनै किसिमका कारबाही भने नगरेको धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे बताउँछन् ।
नेपाल स्टक एक्सचेन्जले शेयर कारोबारी अग्रवालको गतिविधि अनियमितता र करिब १३ करोडको कर नतिरेको विषयमा अनुसन्धान गरिरहेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले धितोपत्र बोर्डबाट आएको फाइलअनुसार अनुसन्धान अगाडि बढाइएको भए पनि लगानीकर्ताले स्वः इच्छाले लगानी गरेको बताएपछि उनीविरुद्धको अनुसन्धान अघि बढाइएको थिएन । त्यस्तै, उनले १५ टीएमएस खाता चलाउँदै ती खातामार्फत आफैँ खरिद गर्ने र आफैँले बिक्री गरी शेयर मूल्य बढाउने काम गर्दै आएका थिए । आफूले किनेको शेयर मूल्य निश्चित तहमा पुर्याएपछि उनले बिक्री गर्ने गर्थे ।
प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले अग्रवाललाई प्रहरीले ढिला नै भएपनि पक्राउ गरेर शेयर लगानीकर्ताका लागि राम्रो कदम चालेको बताए । गलत काम गर्न व्यक्तिलाई पक्राउ गरी सजायको दायरामा ल्याउनु स्वागत योग्य कदम रहेको उनी बताउँछन् । उनले फेसबुक स्ट्याटस लेखेर र क्लब हाउसमा बोलाएर मानिसहरूलाई उक्साउने तर आफू चाहिँ उक्त कम्पनीको शेयर नकिन्ने जस्ता गतिविधि उनले गर्ने गरेका थिए ।
शेयर बजारमा धेरै लगानीकर्ताले उनलाई आदर्श मान्ने गरेकाले अग्रवालले यस्ता अनेकौँ काण्ड गरी सर्वसाधारण जनतालाई फसाउँदै आइरहेका छन् । त्यसरी जनतालाई फसाउन उनले एक दर्जनभन्दा बढी व्यक्तिहरूको नामबाट एक आपसमा शेयर किनबेच गर्ने, कृत्रिम रूपमा मूल्य बढाउने र त्यसरी बढेको मूल्यमा शेयर बेचेर लगानीकर्तालाई फसाउने गरेका थिए । शेयर बजारको बादशाहका रूपमा चिनिएका उनले आफन्त तथा साथीभाइ गरी १५ जनाको नामबाट शेयर खरिद–बिक्री गर्ने गरेका थिए ।
शेयर बजारमा लगानी गर्न चाहने तर कसरी कुन कम्पनीमा लगानी गर्दा राम्रो होला भने थाहा नभएका लगानीकर्तालाई झुटो आश्वासन दिएर यो किन्नुस् र त्यो किन्नुस् भनेर लगानी गर्न लगाउने प्रचार प्रचार गरी किन लगाउने र मान्छेलाई फसाउने जस्ता कार्य गर्न गरेको उनको जालमा फस्ने गरेका लगानीकर्ताहरू बताउँछन् ।
उनले लगानीकर्तालाई मात्र नभएर बोक्रर कम्पनीहरूलाई समेत ठगी गर्ने गरेको घटनाहरू बाहिर आएका थिए । २०८१ असोजमा अग्रवालले शेयर किनेको १६ करोड रुपैयाँ नतिरेको भन्दै प्रहरीमा सिप्ला सेक्युरिटिज (ब्रोकर नंं.) २०० ले उजुरी हालेको थियो । ब्रोकरले अग्रवालले लामो समयदेखि हिसाब किताब फेरफार नगरेको समेत बताएको थियो ।
वि.स २०७१ मा दीपेन्द्र अग्रवाल, जयप्रकाश अग्रवाल, कुसुम देवी अग्रवाल, सबिता अग्रवाल, नरेन्द्र कुमार अग्रवाल, ज्योति अग्रवाल र रेशु अग्रवालको नाममा गोल्डम्यान इन्भेस्टमेन्ट नामक पब्लिक लिमिटेड कम्पनी दर्ता गरिएको थियो । अग्रवालले नेपाली शेयर बजारमा सुरुमा लगानीकर्ताहरूलाई खरिद गर्न लगाएर पछि बुलिस यात्रा सुरु भएसँगै कम्पनीका संस्थापक शेयरधनीहरूले विभिन्न स्किमको प्रलोभन देखाउँदै आफूहरूसँग रहेको शेयर अन्य लगानीकर्तालाई बिक्री गर्न लगाएका थिए ।



About Us
प्रतिक्रिया