मौद्रिक नीति फापेको पुँजी बजार परिसूचक २९ सयको बिन्दुमा, १३ वटै उपसूचकमा हरियाली

'बैंकिङ्ग समूह ०.८० प्रतिशतले बढ्याे'


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ७६ अंकले बढेर २८९२ को विन्दुमा बन्द भएको छ । आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स इन्डेक्स बढेको छ । उक्त इन्डेक्स १ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले पनि ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १०/१० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ्ग समूहको ०.८० प्रतिशत, विकास बैंक समूहको १.६१ प्रतिशत, फाइनान्स समूहको ०.४३ प्रतिशतले शेयर मूल्य बढेकाे छ।