काठमाडौं – शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। पीडितहरूले टोल फ्री नम्बर १०० मा फोन गरेर उजुरी गरेपछि प्रहरीले उनलाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेकाे हाे ।
पीडितहरूले अग्रवालमाथि करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। २२ करोड ठगी अरोपमा अग्रवाल पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अग्रवालले शेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।



About Us
प्रतिक्रिया