सिटी होटेलले पायो हकप्रद शेयर निष्कासनका लागि अनुमति 


काठमाडौं – सिटी होटेलले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन लागि अनुमति पाएको छ । होटेलले हाल कायम चुक्ता पुँजी १ः०८० अर्थात ८० प्रतिशत अर्थात्, १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अकिंत दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले होटलाई हिजो (आइतबार)  साउन ४ गतेबाट अनुमति दिएको हो । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।