काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ०९ अंकले घटेर २,७२५ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बेंकको २४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माइखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । केबिएल डिबेञ्चरका इकाईधनीले ५ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावरका लगानकिर्ताले ४ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ४६ प्रतिशतका दरले गुमाएका हुन् । विकास बैंकको १.४३ प्रतिशत, जीवन बीमा समूहको १.२९ प्रतिशत र माइक्रोफाइनान्स समूहको १.०१ प्रतिशतले शेयर मूल्य घटेको छ ।



About Us
प्रतिक्रिया