काठमाडौं – शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । फुल्लेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शेयर बजारप्रति नरम र मैत्रीपूर्ण धारणा प्रस्तुत गरेको बताएका हुन् । नीति अनुसार, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा ल्याइएकाले बजारमा तरलता वृद्धि हुने संकेत मिलेको फुल्लले बताउँछन्। फुल्लेल भन्छन् ‘बैंक तथा वित्तीय संस्थाहरूलाई सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने सम्भावना बढाउँछ, जसको प्रत्यक्ष लाभ शेयर बजारमा देखिन सक्छ।’ लगानीकर्ताले कम ब्याजदरमा कर्जा लिन सक्ने हुँदा शेयर खरिदमा उनीहरूको पहुँच बढ्नुका साथै स्थायी तरलतादर र निक्षेप संकलनदर पनि घटाइएकोले बजारमा कुल तरलता थप सहज बनाउने उनी बताउँछन् ।
शेयर बजारसँग प्रत्यक्ष सम्बन्धित अर्को महत्त्वपूर्ण व्यवस्था भनेको शेयर धितो कर्जाको सीमा हो। यस नीतिअनुसार व्यक्तिलाई शेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ। यसले ठुला तथा संस्थागत लगानीकर्तालाई थप कर्जा लिएर बजारमा सक्रिय हुन सहज बनाउँछ । साथै, पहिलो पटक घर किन्नेलाई ३ करोड रुपैयाँसम्मको कर्जा दिने र घर मूल्याङ्कनको ८० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था गरिएको छ, जसले बैंकहरूको कर्जा प्रवाहमा वृद्धि ल्याएर सम्पूर्ण वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्न सक्छ, जसको अप्रत्यक्ष असर शेयर बजारमा पनि देखिन सक्छ फुल्लेले बताए ।
विदेश यात्राका लागि व्यक्तिले लैजान पाउने डलर सीमा पनि बाट बढाएर पुर्याइएको छ, जसले विदेशी मुद्रा सन्तुलन र खर्च व्यवस्थापनमा सहयोग पुर्याउनेछ। यससँगै, ३ करोड रुपैयाँसम्म प्रवाह भएको कर्जामा ब्याज दर अधिकतम २ प्रतिशत मात्र हुने व्यवस्थाले सस्तो कर्जा प्रवाहलाई बढवा दिन्छ, जुन विशेष गरी स्टार्टअप, युवा उद्यमी र साना व्यवसायहरूका लागि लाभदायक हुन सक्छ। यस्तो सस्तो कर्जाले उनीहरूलाई शेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्न सक्छ, फुल्लेले बताए ।
गभर्नर डा.विश्वनाथ पौडेलले मौद्रिक नीति मार्फत शेयर बजारप्रति नरम नीति अपनाएको स्पष्ट संकेत दिएको उनले बताए । नियमनलाई लचिलो बनाउने, आवश्यकता अनुसार राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने, तथा परियोजना कर्जालाई स्वनियमनमा लैजाने जस्ता प्रस्तावहरूले लगानीकर्तामा विश्वास बढाउनुका साथै शेयर बजारमा दीर्घकालीन स्थायित्व र लगानी प्रवाहमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूले अपेक्षा गरेको फुल्ले बताउँछन् ।
बैंकिङ्ग समाचारसँग कुरा गर्दै फुल्लेलले भने ‘चालु मौद्रिक नीतिले तरलता, सस्तो कर्जा, शेयर कर्जा सीमा वृद्धिजस्ता प्रावधानमार्फत पुँजी बजारमा लगानीको वातावरणलाई प्रोत्साहित गरेको छ, जसले गर्दा लगानीकर्ताको मनोविज्ञान बलियो बनाउँदै, यस नीतिले शेयर बजारको वृद्धिमा सहयोग पुर्याउनेछ भन्ने स्पष्ट देखिन्छ।’






About Us
प्रतिक्रिया