काठमाडौं – गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे हाे।
क्यापिटलले कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने लगायतका काम गर्नेछ ।
कम्पनीले क्यापिटललाई आउँदो साउन १ गते देखि लागू हुने गरी सो कामको लागि नियुक्त गरेको हो ।



About Us
प्रतिक्रिया