काठमाडौं – विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्कासन गरिएको आईपीओ आज (असार २९) गते बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकको रूपमा रहेको प्रभु क्यापिटल लिमिटेडले आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेकाले गोला प्रथाको माध्यमबाट बाँडफाँड भएको जानकारी दिएको हो । जसमा २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् ।
सर्वसाधारणमा जारी गरिएको आईपीओ खरीदका लागि २१ लाख २० हजार ८७५ जनाबाट २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग भएको छ । कम्पनीले थप सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो । थप सर्वसाधारणमा कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।
आईपीओ निष्कासन गर्नु अघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीले कुल जारी पुँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये १० प्रतिशत दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सर्वसाधारणमा जारी हुने ३९ कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिएको हो ।



About Us
प्रतिक्रिया