सोफी धरेल अभिनित म्युजिक भिडिओ ‘प्रीत कर डोरी’ सार्वजनिक

सोफी धरेल अभिनित म्युजिक भिडिओ ‘प्रीत कर डोरी’ सार्वजनिक


बैंकिङ समाचार,काठमाडौं।

सोफि धरेल अभिनित नयाँ गीत  ‘प्रीत कर डोरी’ सार्वजनिक भएको छ । नागपुरी गीत महाली युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

शुभम लाक्रा र खुसीको स्वरमा रहेको गीतको भिडिओको कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतको शब्द शुभम लाक्राकै रहेको छ ।

यसअघि मोडल सोफीको ‘बाँचिएला’ गीतको भिडिओ महिना दिनअघि सार्वजनिक भएको थियो ।

पछिल्लो समय चर्चामा रहेकी मोडल सोफी धरेलले  हालसम्म २ सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।