काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजारमा झिनो अंकको गिरावट देखिएर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव ४५ अंकले घटेसँगै बजार २५ सय ९५ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीले आज १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबभन्दा धेरै रिलायबल सम्वृद्धि योजनाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् । यससँगै, ओम मेगाश्रीका लगानीकर्ताले ५ दशमलव २८ प्रतिशतका दरले गुमाएका हुन्



About Us
प्रतिक्रिया