नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ५ अर्ब ९४ करोड

‘बैंकिङ्ग समूहमा १.२९ प्रतिशत गिरावट’


काठमाडौं – आज शेयर बजारमा झिनो अंकको वृद्धि देखिएर बन्द भएको छ । आज साताको  चौथो कारोबारको दिन बुधबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव ५५ अंकले बढेसँगै बजार २६ सय ३ दशमलव ८ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको  छ

आज दिनभरिमा ३११  कम्पनीको १ करोड ३७ लाख  ५९ हजार  कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको  ५३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मोदी इनर्जीका  लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९  प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन्। 

आज  सबभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्टका  लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले  ९.५१  प्रतिशतका दरले कमाएका छन् । यससँगै, हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले ९ दशमलव २ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ७ उपसूचक राताम्य भएका छन् भने ६ उपसूचकमा छिनो सुधार देखिएको हो