काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । आज साताको तेस्रो कारोबारको दिन मंगबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२२ अंकले घटेसँगै बजार २६ सय ५३ को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ
आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
राधि विद्युत कम्पनीको २३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको २३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् ।
आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ७ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ५ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव १७ प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया