नेप्सेमा ‘रिलायबल समृद्धि योजना’को इकाई सूचीकृत, कारोबार सुरु


काठमाडौं – रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले निष्कासन गरेको सामूहिक लगानी कोष योजना ‘रिलायबल समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ ।

हिजो (असार ९)  नेप्सेमा उक्त योजनाको १२ करोड इकाई सूचीकृत भएको हो। इकाई सूचीकृत भएसँगै आजदेखि (असार १०) लगानीकर्ताले योजनाको इकाई खरिद बिक्री गर्न सक्नेछन् ।