काठमाडौं – आज शेयर बजार एकोहोरो अंकले बढेर बन्द भएको छ । आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ दशमलव ६९ अंकले बढेसँगै बजार २६ सय ३ दशमलव ६७ को विन्दुमा कायम भएको छ । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ७५ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको कारोबार भएको छ । आज यस कम्पनीको ५२ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, पन्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ४२ प्रतिशतका दरले कमाएका हुन्। त्यसैगरी आज सबैभन्दा बढी गुमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
सोमबार ७ उपसूचकमा हरियाली आएको छ । बैंकिङ्ग समूहको ०.३५ प्रतिशत, फाइनान्स समूहको ०.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८५ प्रतिशत, हाइड्रोपावर समूहको ०.६५ प्रतिशतले शेयर मूल्य बढेको छ । यसदिन १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर घटेको छ ।



About Us
प्रतिक्रिया