काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि पुँजी बजार निकट ३ वटा छाता सङ्गठनका लगानीकर्ताले गभर्नर विश्व पौडेललाई सुझाव दिएका छन् । शेयर लगानीकर्ता संघ नेपाल, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीले
संगठनले आवको २०८२/८३ को मौद्रिक नीतिमा समावेश गरी पुँजी बजारमा स्थायित्व तथा दिगो विकासको दिशामा टेवा पुग्ने विश्वाससहित ४ बुँदे सुझाव पेस गरेका हुन् । लगानीकर्ताले व्यक्तिगत शेयर धितो कर्जाको सन्दर्भमा, त्यस्तै लघुवित्त संस्थाको लाभांश वितरण, बैंक तथा वित्तीय संस्थाको शेयर बजारमा लगानीको सीमा परिवर्तन गनुपर्ने लागायतका सुझाव दिएका छन् ।
त्यस्तै, गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने विषयमा ४ बुँदे सुझाव पेस गरेका हुन् । देशको कुल अर्थतन्त्रमा पुँजी बजारको योगदान उल्लेखनीय रहेको भन्दै हाल करिब ६८ लाख लगानीकर्ताले पुँजी बजारमा संलग्न रही ४५ खर्ब भन्दा बढीको लगानी गरिरहेको र चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा १५ अर्ब ३० करोड ९८ लाख ९५ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको महत्त्वपूर्ण यस क्षेत्रको संरचना मजबुत बनाउनको लागि संरक्षण एवं संवर्द्धन गर्न अति आवश्यक रहेको लगानीकर्ता बताएका छन् ।
साथै, नेपालको आर्थिक प्रणालीको स्थायित्व, वित्तीय अनुशासन तथा समग्र आर्थिक विकासमा गभर्नरको नेतृत्व कालले नयाँ युगको सुरुवात गर्ने आशा रहेको लगानीकर्ता बताउँछन् ।



About Us
प्रतिक्रिया