प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै सिम्रिक एयर


काठमाडौं – सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि भन्दै असार २५ गते साधारणसभा आयोजना गर्ने जनाएको छ ।

यसअघि असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको थियो । कम्पनीको रजिष्ट्रार कार्यालयमा आयोजना हुने सभामा प्रिमियमा आईपीओ जारी गर्ने र बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ ।

यस्तै, सभाबाट आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नुका साथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।