काठमाडौं – यो साता भरिको कारोबारमा शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । यो साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्चेञ्ज (नेप्से) २६ दशमलव ४६ अंकको गिरावट देखिएको हो । यो साता ५ दिन कारोबार हुँदा नेप्सेमा ३ दिन गिरावट तथा २ दिन वृद्धि देखिएको छ । यो साता भरि शेयर बजारमा ४९ अर्ब भन्दा माथिको कारोबार भएको हो । गत साताको ५ दिन कारोबार भएको नेप्सेमा ३ दिन गिरावट तथा २ दिन वृद्धि आएको थियो । गत साता कारोबार रकम ४७ अर्बको काराेबार भएको थियो ।
यस साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा वृद्धि देखिएकाे थियाे । आइतबार नेप्सेमा ०. दशमलव ४७ अंकको वृद्धि देखिएको हो । सो दिन बजार २६ सय ५५ दशमलव ८५ अंकको बिन्दुमा रोकिदा कारोबार रकम ११ अर्ब २१ करोड ९८ लाख आसपास पुगेको थियो । त्यस्तै, साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि नेप्सेमा झिनो अंकको वृद्धि देखिएको छ । सो दिन बजार २ दशमलव ८० अंकको वृद्धि आएको हो । यससँगै बजार २६ सय ५८ दशमलव ८० को बिन्दुमा रोकिएको छ । यसदिन कारोबार रकम १२ अर्ब ९३ करोड माथि पुगेको हो । यसदिन साताकै सबैभन्दा बढी कारोबार भएको थियो ।
साताको पहिलो र दोस्रो दिन लगातार बढेको नेप्सेमा तेस्रो दिन (मंगलबार) झिनो अंकको गिरावट देखियाे । यसदिन ३ दशमलव ९० अंकको गिरावट देखिएसँगै बजार २६ सय ५४ दशमलव ७५ को बिन्दुमा पुगेर बन्द भएको थियो । यससँगै ७ अर्ब ४९ करोड २६ लाख रुपैयाँको कारोबार भयाे।
त्यस्तै, साताको चौथो कारोबारको दिन (बुधबार) १ दशमलव ७ अंकको गिरावट देखिएको छ । सो दिन बजार २६ सय ५३ दशमलव ६८ को बिन्दुमा बजार बन्द हुँदा कारोबार रकम ८ अर्ब ७८ करोड रुपैयाँ पुगेको थियो । साताको अन्तिम कारोबारको दिन बिहीबार पुनः शेयर बजारमा गिरावट देखिएको छ । यसदिन २४ दशमलव ७६ अंकको गिरावट आएको हो । यससँगै बजार २६ सय २८ दशमलव ९१ को बिन्दुमा बजार बन्द भएको थियो । यस दिन कारोबार रकम १० अर्ब भन्दा माथि पुगेको थियो।



About Us
प्रतिक्रिया