काठमाडौं – आज साताको चौथो कारोबारको दिन बुधबार शेयर बजारमा झिनो अंकको गिरावट भएर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव २८ अंकले घटेर बजार २६ सय ५३ दशमलव ४७ को बिन्दुमा कायम भएको छ।
आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको छ । आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर किनबेच गरेसँगै बजार ९ अर्ब ८५ करोडभन्दा माथिको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सानीमा माई हाइड्रो पावर लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ७४ लाख रुपैयाँभन्दा माथि शेयर कारोबार भएको गरेको छ । आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् ।
आज पियोर इनर्जीका लगानी कर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया