नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ७ अर्ब ६५ करोड

'बैंकिङ्ग समूहमा ०.३३ प्रतिशतकाे गिरावट'


काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा झिनो अंकको गिरावट भएर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)  २ दशमलव ५९  अंकले  घटेर बजार  २६ सय ५६ दशमलव  ६ को बिन्दुमा कायम भएको छ। आज  ९९ कम्पनीको  शेयर मूल्य बढेको छ भने  १४८ कम्पनीको शेयर मूल्य घटेको छ ।  

आज दिनभरिमा ३०६ कम्पनीको १ करोड ६४ लाख  कित्ता शेयर किनबेच गरेसँगै बजार ७ अर्ब ६५ करोडभन्दा माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सानीमा माई हाइड्रो पावर लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७४ करोड रुपैयाँभन्दा माथि शेयर कारोबार भएको गरेको छ ।  आज सबैभन्दा धेरै  पियोर इनर्जीका  लगानीकर्ताले कमाएका छन् । आज पियोर इनर्जीका लगानी कर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्  

आज सबैभन्दा धरै गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सका   लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले  ४ दशमलव ६२ प्रतिशतका  दरले गुमाएका हुन् । यसदिन १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.३३ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत, फाइनान्स समूहको ०.४३ प्रतिशत, होटेल तथा पर्यटन समूहको १.७२ प्रतिशतले शेयर मूल्य घटेको हो ।