कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 


बैंकिङ्ग समाचार, काठमाडौं ।

कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम  दिन आज अर्थात सोमवार रहेको छ । यी दुबै कम्पनीले फागुन ३० गते बुक क्लोज गरेकाले आज सोमवार अर्थात फागुन २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कृषि विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश .(कर सहितं) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो  । त्यस्तै सभाले अगा्रधिकार शेयरधनीलई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत १४ गते साधारण सभा बोलाएको छ । सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुने जानकारी कम्पनीले दिएको हो । 
त्यस्तै स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर सहित १ दशमलव १५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ११ गते साधारण सभा बोलाएको छ ।