काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा झिनो अंकको वृद्धि भएर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ० दशमलव ९५ अंकले बढेर बजार २६ सय ५६ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०८ कम्पनीको २ करोड ५२ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्बभन्दा माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सानीमा माई हाइड्रो पावर लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड रुपैयाँ भन्दा माथि शेयर कारोबार भएको छ ।
आज सबैभन्दा ग्रिन डेभलपमेन्ट बैंक र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज ग्रिन डेभलपमेन्ट बैंकका लगानी कर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने पियोर इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत दरले कमाएका छन् । आज सबैभन्दा नेपाल हाइड्रो डेभलपर लिमिटेडको लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ४३ आज प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया