साताको शेयर: नेप्सेमा १४.४३ अंकको वृद्धि, कारोबार रकम ४७ अर्ब माथि   


काठमाडौं –  यो साता  शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता १४ दशमलव ४३ अंकको वृद्धि देखिएको हो । यो साता ५ दिन कारोबार हुँदा नेप्सेमा ३ दिन गिरावट हुँदा २ दिन बढ्यो । यो साता  शेयर बजारमा ४७ अर्बभन्दा माथिको कारोबार भयो  । गत साताको ४ दिन कारोबार भएको नेप्सेमा ३ दिन गिरावट तथा १ दिन वृद्धि आएको थियो । गत साता कारोबार रकम ३४ अर्बको आसपासमा कायम भएको थियो । 

यस साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा ११ दशमलव ६ अंकको गिरावट देखियो । सो दिन बजार २६ सय २९ दशमलव ८९ अंकको बिन्दुमा रोकिदा कारोबार रकम ८ अर्ब ९१ करोड ८६ लाख आसपास पुगेको थियो ।  त्यस्तै, साताको दोस्रो कारोबारको दिन (सोमबार) २३ दशमलव १९ अंकको वृद्धि भएसँगै बजार  २६ सय ५३ दशमलव ९ को बिन्दुमा रोकियो । सोमबार८ अर्ब ५४ करोड  माथिकाे काराेबार भयो । 

 साताको दोस्रो कारोबारको दिन बढेको बजारले तेस्रो दिन पनि निरन्तरता पायो । मंगलबार नेप्से २५ दशमलव ७ अंकले बढेसँगै  बजार २६ सय ७८ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यससँगै मंगलबार ९ अर्ब ५४ करोड रुपैयाँको कारोबार भयो । त्यसैगरी, दुई दिन लगातार बढेको शेयर बजार बुधबार भने घट्यो । यस दिन नेप्सेमा १३ दशमलव ६९ अंकले गिरावट देखियो । सो दिन बजार २६ सय ६४ दशमलव ४७ को बिन्दुमा पुगेर बजार बन्द  हुँदा ९ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भयो । 

साताको अन्तिम कारोबारको दिन बिहीबार पुनः शेयर बजारमा गिरावट आएको थियो । यसदिन ९ दशमलव ८ अंकको गिरावट आएको हो । यससँगै बजार २६ सय ७२ दशमलव ४२ को बिन्दुमा बजार बन्द भएको थियो । यसदिन कारोबार रकम १२ अर्ब भन्दा माथि पुगेको थियो । जुन साताकै सबैभन्दा बढी हो ।