नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ९ अर्ब ९० करोड 

‘बैंकिङ्ग समूहमा ५.३२ अंकको गिरावट’


काठमाडौं – आज साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशमलव २८ अंकले घटेर बजार  २६ सय ७९ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको  शेयर मूल्य बढेको छ भने  १७० कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्यमा भने स्थिर देखिएको  छ । 

आज दिनभरिमा ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार  कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९०  करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै  राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

आज ३ वटा कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत दरले कमाएका छन् ।  जसमा बुटवल पावर कम्पनी,  पियोर इनर्जी र सिनर्जी पावर डेभपलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् ।  आज सबैभन्दा सप्तकोसी  डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीले आज ५ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् ।