काठमाडौं – बिहीबार शेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएकाे छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ दशलमव ५९ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५८ करोडको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको ४७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । मध्य भोटेकोशीका लगानीकर्ताले ५ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । शीभ श्री हाइड्रोका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ३ दशमलव ५९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज १३ वटै उपसूचकहरु राताम्य भएका छन् । बिहिबार बैंकिङ्ग समूहको ०.३९ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत, फाइनान्स समूहको ०.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०२ प्रतिशत, हाइड्रोपावर समूहको १.२६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६९ प्रतिशतले शेयर मूल्य घटेको छ ।



About Us
प्रतिक्रिया