नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ८ अर्ब ६८ करोड


काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंककले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७ दशलमव २९ अंकले बढेर  २,६ सय ५७ दशमलव १९ को बिन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको  शेयर मूल्य बढेको छ भने ५६कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको छ । 

आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ७५ लाख कित्ता शेयर किनबेच हुँदा ८अर्ब ६८ करोड ९३ लाख माथिको शेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै राधि विद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

युनिभर्सल पावरको ५४ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल  पावर र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोसी डेभलपमेन्ट र भुगोल इनर्जी डेभलपमेन्टका  लगानीकर्ताले गुमाएका छन् । आज सप्तकोसी  कम्पनीका लगानीकर्ताले ८ दशमलव ६१ प्रतिशत र  भुगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले ८ दशमलव १८ प्रतिशतका दरले गुमाएका हुन् ।