हिमालयन हाइड्रोपावरको लकइन अवधि सकिन अब १ महिना बाँकी


काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडले २०७९/असार २८ गतेबाट ३ वर्षको लागि लकइन अवधि तोकेकोमा उक्त अवधि आउँदो असार २७ गते सकिने भएको छ । कम्पनीको  ९० लाख कित्ता शेयर भन्दा माथिको लकइन अवधि १ महिनापछि सकिने भएको हो । 

जसमध्ये कम्पनीको  संस्थापकको ८७ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको २ लाख ८१ हजार ७५० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीको ३९ हजार ३६५ कित्ता शेयर लकइनमा रहेको छ । 

उक्त कित्ता शेयरको लकइन अवधि सकिएसँगै उक्त शेयरहरू कारोबार गर्न सकिनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।