काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार एकोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशलमव ५६ अंकले घटेर २,६ सय ३२ दशमलव ४० को बिन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ७४ लाख माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युतको शेयर कारोबार भएको छ ।
आज यस कम्पनीको ९२ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ६२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिभर फल्स पावर र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरैओम मेगाश्री र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज ओम मेगाश्री कम्पनीका लगानीकर्ताले १० प्रतिशत र नेपाल माइक्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया