गाउँमा सडक पुग्यो, मासिए सम्पदा

काठमाडौं – उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा। वरिपरि सिस्नो र वनमाराको जङ्गल। लेउलागेको कुँवामा पातैपात। बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो। गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि जिल्लाका प्रायः सबै ठाउँका पुराना गोरेटो बाटो र बिसाउने चौतारीका अवस्था यस्तै…