पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा

बाँके – बाँके र बर्दियामा पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ।नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए। उनका अनुसार यही माघ २५, २६ र २७ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ र…