बुद्ध एयरले आन्तरिकतर्फ रात्रिकालीन उडानकाे भाडा घटायो

काठमाडौं – बुद्ध एयरले रात्रिकालीन उडानको भाडा घटाएको छ । बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा घटाएको हाे । कम्पनीले पोखराका लागि ५ सय रुपैयाँ, भैरहवा तथा नेपालगञ्जका लागि १ हजार रुपैयाँ र जनकपुरधामका लागि ८ सय रुपैयाँ भाडा घटाएकाे जनाएको छ । सातामा पोखराबाट नेपालगञ्जको तीन उडान…