पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता : यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा

काठमाडौं – पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पुर्‍याएको असरको विषयमा नेपालले गम्भीरताका साथ आवाज उठाए पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा हालसम्म ती मुद्दाले प्राथमिकता पाउन सकेको छैन । केही दिनअघि अजरबैजानको बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप २९) को निर्णयमा पनि पर्वतीय मुद्दा समेटिन सकेन । पर्वतीय क्षेत्रलाई…