काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’

काठमाडौं – काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरिएको छ । बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो । खराब मौसमका कारणअहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन । भैरहवामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । पोखरामा पनि आज बिहानैदेखि ‘भिजिबिलिटी’ नहुँदा जहाजहरू उड्न सकेका छैनन्…