गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकहरुको नियुक्ती अनुमोदन

बैंकिङ्ग समाचार, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण हिसाव, नगद प्रवाहको प्रस्ताव पारित गरेको छ । साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षक समेत नियुक्त गरेको छ…