काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय आरुघाटले १ दिने वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सप्रन्न गरेको छ । शाखा कार्यालय आरुघाटको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता केन्द्र नम्बर २३ का केन्द्र प्रमुख बबिता भट्ट बरामले गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि कल्लेरि आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर मगर रहेका थिए । विशिष्ट अतिथिमा संस्थाका प्रबन्धक परम्परा…