काठमाडौं - प्रहरी दिवसको ७०औँ अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई ‘उत्कृष्ट प्रहरी कार्य पुरस्कार’ प्रदान गरिएको छ। नेपाल प्रहरीको पेसागत मर्यादालाई आत्मसात् गर्दै शान्ति–सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा उल्लेखनीय योगदान दिएको कदर स्वरूप बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण पौडेलले पुरीलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । …