लाभांश प्रस्ताव पारित गर्न आरएसडिसी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर १२ गते, शुक्रबार बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हाे । सो सभा वेष्टर्न एशियन होटल बुटवल, रुपन्देहीमा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।…