काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमाथि बहस नसकिएपछि आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ। सर्वोच्च अदालतमा दुई दिनदेखि सुनुवाइ चलिरहेको रिटमाथि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको हो। यो रिटमाथि हिजो सोमबार पनि सुनुवाइ भएको…