काठमाडौं – ऋण नतिर्ने अभियानको संयोजन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग जोडिएको कर्जा विवादमा अदालतको आदेशपछि बैंकिङ्ग क्षेत्रमा तरङ्ग पैदा भएको छ। जिल्ला अदालत झापाले प्रसाईँको पूर्वाञ्चल क्यान्सर हस्पिटललाई थप ६५ करोड रुपैयाँ कर्जा दिन बैंकहरूलाई आदेश दिएको हो। वैशाख २ गते न्यायाधीश लोकबहादुर हमालको इजलासले दिएको आदेशपछि बैंकरहरू अचम्मित बनेका छन्। यसअघि नै…