बैंकहरुको ब्याजदर घट्दा ४ क्षेत्र प्रभावित : जलविद्युतसहित, उद्योग र लघुवित्तको नाफा बढ्दा बीमालाई घाटा


काठमाडौं – बैंक तथा वित्तीय संस्थाले दिने ऋणको ब्याजदर सस्तिँदै जाँदा जलविद्युत् क्षेत्र लाभान्वित बनेको छ । नेपालमा लगानीका विभिन्न क्षेत्रमध्ये सम्भावना बोकेको जलविद्युत् क्षेत्रले घट्दो ब्याजदरबाट लाभ लिन सकेका हुन् ।

नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष ०८१/८२ को असार मसान्तमा वाणिज्य बैंकको कर्जाको औषत भारित ब्याजदर ७.८५ प्रतिशत कायम छ । ०८१ असारमसान्तसम्म यस्तो दर ९.९३ प्रतिशत थियो । बैंकहरूले ग्राहकलाई दिने सबै प्रकारका कर्जामा लिने ब्याजदरको भारित औसतलाई जनाइन्छ । अर्थात् ऋण सस्तो भएको छ । ग्राहकले कर्जा लिनु परे पहिलेको भन्दा कम ब्याज तिर्नुपर्ने अवस्था आएको देखिन्छ ।

बैंकहरूको न्यून ब्याजदरले ऋणको लागत घटाउँदा ठूलो पूँजी आवश्यक पर्ने जलविद्युत् परियोजनाहरूलाई फाइदा पुगेको हो। बैंकहरूको ब्याजदर घट्दा अघिल्लो वर्ष नोक्सानीमा रहेकामध्ये १५ वटा कम्पनी नाफामा गएका छन् ।

२०७२ पछि कर्जाको ब्याजदर १३ प्रतिशतसम्म पुगेको थियो । भुकम्पको समयमा महँगिएको ब्याज बिचमा पनि केही घटेको थियो । त्यसपछि कोभिडको समयमा सरकारबाट जारी निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकहरूले आधार दरकै हाराहारीमा कर्जा दिएका थिए । तर, कोभिडपछि कर्जाको माग ह्वात्तै बढेर ब्याजदर पुनः आकाशिएको थियो । पछिल्लो केही वर्षयता बजारमा माग सुस्त भएपछि ब्याजदर घट्दो क्रममा छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा कर्जा लिनेहरूलाई भने सहज भएको छ ।

लाभान्वित बने जलविद्युत् कम्पनी

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा जलविद्युत् कम्पनी सबैभन्दा बढी लाभान्वित छन् । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय गर्दै आएका जलविद्युत् कम्पनी कर्जाको ब्याजदर घट्दा लाभान्वित बनेको कम्पनीहरूको सुधारिएको वित्तीय विवरणले नै देखाउँछ । गत आर्थिक वर्ष ०८१/८२ मा ५४ वटा कम्पनी नाफामा छन् । जबकी अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा ४१ कम्पनी नाफामा रहेका थिए । एक दर्जनभन्दा बढी कम्पनीलाई बैंकहरूको ब्याजदर घटेकाले नाफा बढेको आधार लिन सकिन्छ ।

बैंकहरूको ब्याजदरमा गिरावट आउँदा जलविद्युत् कम्पनीको नाफामा पनि सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९२ मध्ये वित्तीय विवरण सार्वजनिक गरेका ८४ वटा जलविद्युत् कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १६ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष जलविद्युत् कम्पनीहरू २ अर्ब ३२ करोड १६ लाख रुपैयाँ नोक्सानीमा थिए ।

बैंकहरूको न्यून ब्याजदरले ऋणको लागत घटाउँदा ठूलो पूँजी आवश्यक पर्ने जलविद्युत् परियोजनाहरूलाई फाइदा पुगेको हो। बैंकहरूको ब्याजदर घट्दा अघिल्लो वर्ष नोक्सानीमा रहेकामध्ये १५ वटा कम्पनी नाफामा गएका छन् । यस वर्ष बैंकको ब्याजदर सस्तो हुँदा नै जलविद्युत् कम्पनीहरूको नाफामा उल्लेख्य सुधार आएको यस क्षेत्रमा विज्ञ बताउँछन् ।

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का महासचिव बलराम खतिवडा जलविद्युत् कम्पनीको उत्पादन बढ्दा पनि नाफामा सुधार आएको बताउँछन् । उनकाअनुसार बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा गिरावट आउँदा पनि धेरै कम्पनीहरूले नाफा सुधार गर्न सफल भएका हुन् । ‘अन्य वर्षको तुलनामा गत वर्ष चाँडै पानी पर्दा उत्पादन बढ्यो यता बैंकहरूको ब्याजदर पनि कम हुँदा कम्पनीहरूको नाफामा सुधार आयो,’ उनले बैंकिङ्ग समाचारसँग भने ।

आर्थिक वर्ष २०८१/८२ मा नाफामा रहेका जलविद्युत कम्पनीहरु :

कम्पनीहरूको नाम              २०८०/८१ (०००)२०८१/८२ (०००)
साहस ऊर्जा                   ४२०३५८९०२७२३
चिलिमे हाइड्रोपावर         ६७८५४५ ६७९५९९
माउन्टेन इनर्जी नेपाल२६८९१३ ६२९०७५
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट  ४९२४४८१३७
अपि पावर कम्पनी४५०११२४२७६५९
सानिमा मिडल तमोर२६५०४०५५६८
ग्रीन भेन्चर्स १३३७३८३८९६४६
राधी विद्युत९२७७९३७९८१७
सानिमा माई हाइड्रोपावर३५४००९३२३७६९
बुटवल पावर १९३९८८२२२६५०
अरुण काबेली पावर– ३१३९८५१७०१५६
युनिभर्सल पावर७५०००१३९९१३
सुपर मादी हाइड्रोपावर१२१०५७१३९५४०
मिड सोलु हाइड्रोपावर२२३९८१३२१४०
अपर सोलु हाइड्रोपावर११९७०   ११३२०३
रिडी हाइड्रोपावर– २२२८३११०६८११ 
अपर हेवा खोला    ३४१३            ६५४३१  
कालिका पावर८५८४३   ९४१८२
रुरु जलविद्युत७३६७७    ८२९५१
सिक्लेस हाइड्रोपावर४७४६६७७४९६
अपर स्याङे हाइड्रोपावर– १६१३५९२५५५
हिमालयन पावर पार्टनर– २६२३५५७२६२५
हिमालयन हाइड्रोपावर१७६०६९७७१
भगवती हाइड्रोपावर ६३०४९     ६६१९७
सिनर्जी पावर२१०२४       ६०५९१
बिन्धवासिनी हाइड्रोपावर४९४४९   ६०३८९
माण्डू हाइड्रोपावर२६९०३०        ५८६३९
नेपाल हाइड्रो डेभलपर्स४०१२५    ५३४४०
युनाइटेड मोदी हाइड्रोपावर३११८१   ५२०४६
मकर जितुमाया सुरी हाइड्रोपावर– ३३०४४९४९२
हिमालय ऊर्जा विकास– १५८०७४४६२३९
ग्रीनलाइफ हाइड्रोपावर२०६९०     ४३३९०
आँखुलोला जलविद्युत– १४०१८ ४१०३७
मन्दाकिनी हाइड्रोपावर३२४५३      ३९८९७
सान्भी इनर्जी ८५३४४        २७६४२
मोलुङ हाइड्रोपावर१३०१६    २७३२४
युनाइटेड इदी मार्दी१८००९    २६२६८
युनियन हाइड्रोपावर१०७०९     २६२२२
सगरमाथा हाइड्रोपावर४९९७१   २५५६४
तेह्रथुम पावर कम्पनी– ३१००२२३३९१
बरुण हाइड्रोपावर१०७८    १९८५५
रवा इनर्जी      – ४६५४१८२७७
ङादी ग्रुप पावर२५३४५१७११५
सिंगटी हाइड्रो इनर्जी– ६९२०५१४९९८
शिभश्री हाइड्रोपावर– ३५८८१४१००६२
इस्टर्न हाइड्रोपावर  – १३७२०९५८७
कुथेली बुखरी१५७५७     ८९३८
शुभम् पावर  ११००    ५२५०
समलिङ पावर– ३७१६८३८५८
मैलुङ खोला जलविद्युत९१९     ३५०६
इङ्वा हाइड्रोपावर       – ५१६०३२०१
माई खोला१५११     २६७४
रिभर फल्स पावर ६३३००      १०७९
थ्रिस्टार हाइड्रोपावर– ६११४८    २५३

स्रोत : कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरण

लघुवित्तको नाफामा सुधार

बैंकहरूको ब्याजदरम गिरावट आउँदा लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणमा पनि सुधार आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा अधिकांश लघुवित्तको नाफामा सुधार आएको छ । नेप्सेमा सूचीकृत ५० वटै लघुवित्त कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अधिकांश कम्पनीको प्रमुख सूचकहरूमा सुधार देखिएको हो । केही समयअघिसम्म समस्यामा रहेका कम्पनीहरूको वित्तीय विवरणमा आएको सुधारले लघुवित्त कम्पनी तंग्रिदै गरेको देखाउँछ ।

नेप्सेमा सूचीकृत ९ उत्पादनमूलक उद्योगमध्ये ६ वटाको नाफा बढेको हो । ६ कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ७२ करोड २७ नाफा कमाएका हुन् ।

हाल सञ्चालनमा रहेको ५२ वटा संस्थामध्ये सुपर लघुवित्तलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको छ । बाँकी ५१ वटा संस्थाको नाफा गत वर्ष बढेर ८ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्ष लघुवित्तहरूको नाफा ५ अर्ब ७६ लाख रुपैयाँ रहेको थियो । वाणिज्य बैंकहरूबाट लिने थोक कर्जाको ब्याजदर घट्दा पनि लघुवित्त वित्तीय संस्थाहरूले लिने ब्याजदर भने घटेको छैन । जसका कारण पनि लघुवित्त वित्तीय संस्थाहरूको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्ष संस्थाहरूले ३ करोड १४ लाख खुद ब्याज आम्दानी गरेका छन् ।

उद्योग कम्पनीको ब्यालेन्ससिट सुधार

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा उद्योग कम्पनीको नाफामा सुधार आएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल बताउँछन् । उनले पछिल्लो चरण अर्थतन्त्रमा सुधार आउँदै जाँदा उद्योग कम्पनीको नाफामा पनि सुधार आएको बताए । ‘नाफा बढ्नुको मुख्य कारण भनेको बैंकहरूको ब्याजदर घट्नु नै हो,’ उनले भने, ‘अहिले नीति तथा व्यवस्थामा पनि केही परिवर्तन हुँदा र मौद्रिक नीतिले दिएको सहुलियतका कारण उद्योग कम्पनीको वित्तीय विवरणमा सुधार देखिएको हो ।’

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत उत्पादन क्षेत्रका ९ वटा उद्योगको वित्तीय स्थिति सुधारिएको छ । देशको औद्योगिक गतिविधि बढ्दै जाँदा र अर्थतन्त्र चलायमान बन्दै जाँदा उत्पादनमूलक उद्योगको आम्दानी र नाफा बढेको देखिएको छ । २०८१÷८२ मा नाफा बढ्ने कम्पनीहरूको सूचीमा सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, युनिलिभर, ओम मेगाश्री र सोनापुर मिनरल्सको रहेका छन् । नेप्सेमा सूचीकृत ९ उत्पादनमूलक उद्योगमध्ये ६ वटाको नाफा बढेको हो । ६ कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ७२ करोड २७ नाफा कमाएका हुन् ।

बीमाको नाफामा गिरावट

बीमा कम्पनीहरूले ठूलो रकम बैंकको मुद्दति निक्षेपमा राख्दै आइरहेका छन् । बीमा कम्पनीहरूले प्रिमियम संकलन गरेर बैंकहरूको ब्याजदरमा आधारित बन्ड, मुद्दती निक्षेप लगायतमा लगानी गर्ने गर्छन् । ब्याजदर घट्दा यस्ता लगानीबाट प्राप्त हुने प्रतिफलमा पनि गिरावट आउँछ । हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर ओरालो यात्रामा छ । जसका कारण नै बीमा कम्पनीको नाफामा गिरावट आएको हो ।

नेपाल जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेलकाअनुसार बीमा कम्पनीहरूले भविष्यमा भुक्तानी गर्नुपर्ने दावीहरूको लागि रकम सुरक्षित राख्नुपर्ने हुन्छ । बीमा कम्पनीहरूले ठूलो मात्रामा लगानी बैंकमा गरेको तर पछिल्लो समय बैंकको ब्याजदरमा गिरावट आउँदा बीमा कम्पनीको नाफा समग्रमा घटेको उनी बताउँछन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा कम्पनीहरूको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले ६ अर्ब दुई करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् जबकी कम्पनीहरूले अघिल्लो आर्थिक वर्षमा ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरूले सार्वजनिक गरेको विवरणअनुसार एक वर्षमा बीमा कम्पनीको नाफा १६.०१ प्रतिशतले घटेको हो ।

नेपाल जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेलकाअनुसार बीमा कम्पनीहरूले भविष्यमा भुक्तानी गर्नुपर्ने दावीहरूको लागि रकम सुरक्षित राख्नुपर्ने हुन्छ । बीमा कम्पनीहरूले ठूलो मात्रामा लगानी बैंकमा गरेको तर पछिल्लो समय बैंकको ब्याजदरमा गिरावट आउँदा बीमा कम्पनीको नाफा समग्रमा घटेको उनी बताउँछन् ।