किसान लघुवित्तको निमित्त सीईओमा खड्का नियुक्त

काठमाडौं- किसान लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन् । गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले खड्कालाई सीईओ पदमा नियुक्त गरेको हो । खड्का यसअघि संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका थिए । सीईओ खड्काले माघ ४ गतेदेखि नै लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सम्हालेका हुन् ।