उपत्यका विभिन्न स्थानहरूबाट सुनको सिक्री चोरी गर्ने ५ जना प्रहरीको फन्दामा 

काठमाडौं – उपत्यकाका विभिन्न स्थानहरूमा सुनको सिक्री चोरी र लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका-६, घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका-५, तिनधारे बसोबास - सिक्री तान्दा मोटरसाइकल चलाउने राज लामा, उदयपुरको ताप्ले गाउँपालिका- ४, हाल भक्तपुर बसोबास - मोटरसाइकलको पछाडि बसेर सिक्री तान्ने विशाल भन्ने दुर्ग बहादुर मगर,…