पर्साबाट २० लाख रुपैयाँ हुण्डी रकमसहित एक जना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख रुपैयाँ हुण्डी रकम सहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले आज वीरगञ्ज महानगर–१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शङ्कर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना…