काठमाडौं – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका नगरपालिका– ५ सल्लेरी बजारस्थित लाक्पा शेर्पाको घरमा सञ्चालनमा रहेको एनआईसी एशिया बैंक लिमिटेड शाखा कार्यालयमा तोडफोड गरी रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका–७ देउसाका ३८ वर्षीय धनकुमार राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उनलाई रातको समयमा मुखमा मुखुण्डो लगाएर उक्त बैंकको मूल ढोकाको चाबी फोडीभित्र…