निकासी पैठारी संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं – नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न संघको ४४औं वार्षिक साधारणसभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन् । त्यसैगरी, प्रथम सचिवमा स्वाती रुंगटा…