नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारद्वारा आन्तरिक ऋण उठाउन सुरु, ११ वर्षका लागि १० अर्ब उठाउँदै

काठमाडौं – नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो । ११ वर्ष लामो अवधिका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भएको छ । विकास ऋणपत्र–२०९३ मार्फत सरकारले उक्त ऋण उठाउने भएको हो…