काठमाडौं–प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भुमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भुमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडाले पुस…