काठमाडाैं - आईएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरे। उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्बोनेट उत्पादनको समेत अवलोकन गरे। २ अर्ब रुपैयाँ…