काठमाडौं – सरोकारवालाहरुले जलविद्युत् आयोजनाका प्राथमिक सेयर र हकप्रद सेयर निष्काशन रोक्न नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने बक्ताहरुले जलविद्युत् कम्पनीहरुको सेयर निष्काशनमा राज्यले सहजीकरण गर्नुपर्ने बताएका हुन् । सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।…